सुन चाँदीको मूल्य घट्यो सोमबार, चैत ५, २०८०

कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। सुन तस्करी प्रकरणसँग जोडिएका महरालाई प्रहरीले आज (सोमबार) कपिलवस्तु–रुपन्देहीबाट पक्राउ गरिएको थियो। उनलाई भैरहवा विमानस्थलबाट जहाजमार्फत् काठमाडौं ल्याइएको हो।
संसद् हामीले अवरोध गर्न खोजेको होइन्, सदनबाट प्रधानमन्त्रीको जवाफ खोजेका हौँ— गगन थापा सोमबार, चैत ५, २०८० नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका नेता थापाले सरकारलाई कांग्रेसको साथ रहेको बताए। तर सरकारलाई साथ दिँदै गर्दा कांग्रेसले उठाएको प्रश्नमा सरकार जिम्मेवार नभएको भन्दै आरोप थापाको छ।

सुन तस्करीमा कसरी जोडिएका थिए महरा? सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानबाट माओवादी नेता महाराको सुन ल्याउने चिनियाँ ब्यापारीसँग पटक–पटक सम्पर्क भएको भेटिएको थियो। यस्तै, महाराका छोरा राहुलको पनि चिनियाँहरुसँग सम्पर्क भएको भेटिएको थियो। सीआईबीको अनुसन्धानबाट सुन तस्करीमा चिनियाँ नागरिक ली र दाओजिङ वाङको मुख्य भूमिका रहेको खुलेको थियो। तस्करीका मुख्य नाइके दुवै चिनियाँ नागरिकसँग महराले...
गगनले भने—कृष्णबहादुर महरा पक्राउ परेको खबर सुन्यौ, सरकारलाई धन्यवाद सोमबार, चैत ५, २०८० नेपाली कांग्रेसका सांसद गगन थापाले सुन तस्करी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई प्रभावकारी बनाउन सुझाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा उनले भर्खरै मात्र कृष्णबहादुर महरा पक्राउ परेको खबर सुनेको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्।
![प्रतिनिधि सभा बैठक सुरु [लाइभ]](https://newsgriha.com/uploads/posts/Samsad-1708934805.jpg)
प्रतिनिधि सभा बैठक सुरु [लाइभ] सोमबार, चैत ५, २०८० प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा रिक्त रहेको स्थानबारे जानकारी गराउने कार्यसूची छ। रासपातर्फकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो पद रिक्त छ। त्यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने कार्यसूची छ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ सोमबार, चैत ५, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणसँग जोडिएका महरा आज (सोमबार) पक्राउ परेका हुन्। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।

चीनको वेवास्ताले अलपत्र पर्यो चक्रपथ विस्तार, परियोजना नै असफल हुने चिन्ता सोमबार, चैत ५, २०८० चीनले बेवास्ता गर्दै गएपछि उक्त आयोजना असफल हुने चिन्ता सडक विभागका अधिकारीहरुमा छ। ‘चीनले हामीले पठाएका पत्रको जवाफ पनि दिएको छैन। उसले किन काम अगाडि बढाएन वा बढाउन चाहेन भन्ने विषयमा पनि हामी अनविज्ञ नै छौं,’ सडक विभागका १ जना अधिकारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘चीनको यस्तै बेवास्ता रहने...

म्याग्दीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु सोमबार, चैत ५, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले...

आगलागीपछि बन्द भएको कर्णाली पुल खुल्यो सोमबार, चैत ५, २०८० आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो। नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ।’

राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन आज सोमबार, चैत ५, २०८० राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ। दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन्। दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक-एक जनाको मात्रै मनोनयन दर्ता भएको छ।

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीलाई महानगरको अपिल सोमबार, चैत ५, २०८० काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ। महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

‘आरआरआर’को सिक्वेल बन्दै सोमबार, चैत ५, २०८० सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ। एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए।बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जानकारी दिएका छन्। ‘आरआरआरको सिक्वेल निश्चित...








