प्रतिनिधि सभा बैठक सुरु [लाइभ]
काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा रिक्त रहेको स्थानबारे जानकारी गराउने कार्यसूची छ। रासपातर्फकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो पद रिक्त छ।
त्यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने कार्यसूची छ।
बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन विचार गरियोस् भन्ने प्रस्ताव कानून मन्त्री पदम गिरीले प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:१४
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






