‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भाकामा जब प्रधानमन्त्री छमछमी नाचे... आइतबार, चैत ४, २०८०

पोखरा अब नेपालको पर्यटकीय राजधानी आइतबार, चैत ४, २०८० पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो। उक्त गन्तव्य आजदेखि मुलुककै पर्यटनको लागि राजधानीका रूपमा नेपाल सरकारबाट घोषणा भएको हो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीका रूपमा औपचारिक घोषणा गरिएको बताए।

राप्रपाका सहायक महामन्त्री बलायरसहित तीनजना निलम्बित आइतबार, चैत ४, २०८० गत फागुन २७ गते आइतबार धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा एकजना नेतामाथि भएको कुटपिट प्रकरणमा तीनजना निलम्बनमा परेका छन्।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला कार्यालय हाता भित्रै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो।

शिशु चोर्ने मनकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश आइतबार, चैत ४, २०८० थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीसँग १ लाख ५० हजार...

किरात मोर्चाले इलाम २ को उपनिर्वाचन बहिष्कार गर्ने आइतबार, चैत ४, २०८० किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ।

तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट आइतबार, चैत ४, २०८० तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ। पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन्। आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

पोखरा पर्यटकीय राजधानी घोषणाः व्यवसायीमा चिन्ता आइतबार, चैत ४, २०८० पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे। पञ्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो। तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरू एक थान कागजमा आफ्ना आठ बुँदे माग राखेर प्रधानमन्त्रीलाई भेट्न पुगे। पोखरा पर्यटन परिषद्का...

नेप्सेमा गिरावट, १५७ कम्पनीको शेयर मूल्य घट्यो आइतबार, चैत ४, २०८० साताको पहिलो दिन शेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ। गत बिहीबार पनि बजार कारोबार घटेको थियो। २७.८४ अंकले घट्दै शेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो।आज ७५ कम्पनीका शेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। आज ८४ कम्पनीको शेयरमूल्य बढ्दा १५० को घट्यो...

वन अधिकृतसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा आइतबार, चैत ४, २०८० महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।यस्तै अख्तियारले...

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री आइतबार, चैत ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन्। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।
![प्रकाश सपूतको गीतमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/prachanda-chitwan-1709265088.jpg)
प्रकाश सपूतको गीतमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड [भिडिओसहित] आइतबार, चैत ४, २०८० पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाचेका छन्। कार्यक्रम उद्घाटन गरेपछि प्रचण्ड मञ्चमा नाचेका हुन्। प्रकाश सपूतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भाकाको गीतमा प्रचण्ड छमछमी नाचेका हुन्। प्रचण्डसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायत मञ्चमै नाचेका थिए।

‘महाजात्रा’ को मुन्ना: आफ्नो चरित्र बारे यसो भन्छन् रविन्द्र आइतबार, चैत ४, २०८० अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन्।फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन्।यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा उनकै भनाइमा उनी सोझो व्यक्ति छन्।

सुष्मा लामा हत्या आरोपित सार्वजनिक आइतबार, चैत ४, २०८० मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जङ्गलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।









