News Griha :: न्यूजगृह
रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प
रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प गएको छ। बिहान ९ बजेर ४४ मिनेट जाँदा चार म्याग्नेच्यूटको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्प रसुवा आसपासका स्थानमा महसुस गरिएको थियो। 
अर्थमन्त्री भन्छन्— जनतामा बढेको निराशालाई आशामा बदल्न काम गरौँ
अर्थमन्त्री भन्छन्— जनतामा बढेको निराशालाई आशामा बदल्न काम गरौँ अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन्। उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए। आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले...
महिला भलिबलमा एपीएफको विजयी सुरुवात
महिला भलिबलमा एपीएफको विजयी सुरुवात आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार बिहान भएको पहिलो खेलमा एपीएफले मधेस प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको हो। 
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ
धार्मिक सद्भाव—मिथिला परिक्रमाका यात्रीलाई मुसलमान समुदायको बिदाइ मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन्। सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन्। हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ। मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा...
बसन्तपुरमा यसरी ठड्याइयो चीर [तस्बिरहरू]
बसन्तपुरमा यसरी ठड्याइयो चीर [तस्बिरहरू] फागु पर्वको विधिवत सुरुवात गर्दै काठमाडौंको बसन्तपुरमा चीर उठाइएको छ। आइतबारको शुभसाइतमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। चीर बनाउँदा जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ। 
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर 
रङको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर  आजदेखि फागु पर्वको विधिवत् सुरुवात भएको छ। फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ। विशेषगरी...
आगालागीबाट तीन बालबालिकाको मृत्यु
आगालागीबाट तीन बालबालिकाको मृत्यु भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ। हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो निभाउने संयुक्त अभ्यासमा सुरक्षाकर्मी
आगो निभाउने संयुक्त अभ्यासमा सुरक्षाकर्मी डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन्। गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास...
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन। भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ।धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ। यहाँ...
नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर
नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर नेपालको विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८१ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेन्डर अनावरण गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको...
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज 
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज  आइतबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने गरी बैठक बोलाइएको छ। बाबुराम भट्टराई पक्षलाई थाहै नदिई अर्का अध्यक्ष महिन्द्र राय यादवले शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी एकता गर्ने समझदारी गरेपछि आइतबार भट्टराई पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।
देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री
देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन्। उनले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाए।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार बिहान पार्टीका अगुवा नेताकार्यकर्तासँग भेटमा अब...
Weather Update