बालेन शाह भन्छन्– नयाँ मन्त्रीहरु गोजी भर्दैछन् रे!

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले नयाँ मन्त्रीहरु ‘गोजी भर्न’तिर लागेको टिप्पणी गरेका छन्।
नयाँ मन्त्रीहरुले सबै पुरानो फाइल खोलेर, हिसाब गरेर गोजी भर्नतिर लागेको बालेनको भनाइ छ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्– नयाँ मन्त्री ज्यूहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे!
सरकार जति दिन टिक्छ!!
स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा!
मैले सुनेको कुरा गलत होस्!
म आशावादी छु सरकारप्रति!
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १०:४४













