कांग्रेस अब बलियो प्रतिपक्ष: महामन्त्री थापा शनिबार, चैत ३, २०८०

राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छ: अध्यक्ष नेपाल शनिबार, चैत ३, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन्।रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए।
सरकारप्रति म आशावादी छु: मेयर बालेन शनिबार, चैत ३, २०८० ‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे!,’ बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु शनिबार, चैत ३, २०८० भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

मोरङको रंगेलीमा आगलागी, २२ घर जले शनिबार, चैत ३, २०८० मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेर नष्ट भएका छन्। सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरूको दमकल प्रयोग...
भागीरथी बलात्कारपछि हत्या घटनामा आधारित नाटक ‘भागु’ सर्वोत्कृष्ट शनिबार, चैत ३, २०८० राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ।उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।

अझै नियन्त्रणमा आएन बस्तीमा सल्केको आगो शनिबार, चैत ३, २०८० भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ।आज दिउँसोबाट लागेको आगलागीले स्थानीयका घरसमेत जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर...

पशुपतिको जङ्गलमा आत्महत्या गरेकी सुस्मिताले लेखेकी थिइन् ‘सुसाइड नोट’ शनिबार, चैत ३, २०८० पशुपति क्षेत्रको जङ्गलमा आत्महत्या गरेको अवस्थामा भेटिएकी १९ वर्षीया सुस्मिता थापाले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ। प्रहरीले थापाको साथबाट सुसाइड नोट फेला परेको बतायो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वसन्त ऋतुमा फूलको बहार शनिबार, चैत ३, २०८०

कैलालीमा फेरि लाइटर बोकेको ट्रकमा आगलागी शनिबार, चैत ३, २०८० कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ।शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका-४ मुडामा वीरगञ्जबाट लाइटर, खोर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ गइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो।

भारतको लोकसभा चुनावको मिति घोषणा, मतदाताको संख्या ९७ करोड शनिबार, चैत ३, २०८० भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ। दोस्रो चरणको भोटिङ अप्रिल २६ मा हुनेछ।तेस्रो चरणमा ७ मे, चौथो...

मनी ट्रान्सफर सञ्चालकमाथि गोली चलाउने ३ जनालाई प्रहरीले गर्यो सार्वजनिक शनिबार, चैत ३, २०८० रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो।

भोजपुरमा जंगलको डढेलो बस्तीमा सल्कियो, ६ घर जले शनिबार, चैत ३, २०८० भोजपुर नगरपालिका–१२ टक्सारमा जंगलको डढेलो बस्तीमा पस्दा ६ घर जलेका छन्।डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेपनि आगो अझै फैलिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार मालबाँसेको केही घरमा क्षति सँगै आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ।









