भारतको लोकसभा चुनावको मिति घोषणा, मतदाताको संख्या ९७ करोड
काठमाडौं— भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ।
यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ।
दोस्रो चरणको भोटिङ अप्रिल २६ मा हुनेछ।
तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ। छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ।
आम निर्वाचनसँगै तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ।
लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन्। १.५ करोड चुनावी कर्मचारी रहनेछन्।
निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने छ। महिला मतदाताको संख्या ४७ करोड नजिक छ। २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन्।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० १७:०४