News Griha :: न्यूजगृह
नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

काठमाडौं— नेपालको विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८१ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ। 

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेन्डर अनावरण गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउने बताए। 

नयाँ वर्षको शुभकामना व्यक्त गर्दै पराजुलीले सम्पूर्ण ग्राहक, बीमा अभिकर्ता मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक, शेयरधनीको प्रशंसा गरे। 

क्यालेन्डर सार्वजनिक कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन, कर्मचारीको उपस्थिति थियो। क्यालेन्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:५६
Weather Update