रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प

काठमाडौं— रसुवाको जुरे ढुङ्गालाई केन्द्र बनाएर भूकम्प गएको छ।
बिहान ९ बजेर ४४ मिनेट जाँदा चार म्याग्नेच्यूटको भूकम्प गएको मापन केन्द्रले जनाएको छ।
भूकम्प रसुवा आसपासका स्थानमा महसुस गरिएको थियो।
यसअघि फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन म्याग्नेच्यूटको भूकम्प गएको थियो।
नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरू बताउँछन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १०:३३














