News Griha :: न्यूजगृह
 नेप्सेमा गिरावट, १५७ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं— साताको पहिलो दिन शेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ। गत बिहीबार पनि बजार कारोबार घटेको थियो। २७.८४ अंकले घट्दै शेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो।

आज ७५ कम्पनीका शेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। आज ८४ कम्पनीको शेयरमूल्य बढ्दा १५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो। १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन्। सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ।

आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन्। किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावर शेयर मूल्य धेरै घट्नेका सूचीमा छन्।

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो। 

बजार घटेको दिन पनि सप्तकोशी विकास बैंकको शेयरमा सर्किट स्तरको बढोत्तरी छ। गुराँस र मानुषी लघुवित्तको शेयर पनि बढेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको शेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको शेयर किनबेच भएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:५२
Weather Update