शिशु चोर्ने मनकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं— थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीसँग १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। धरौटी बुझाएपछि उनी रिहा हुनेछिन्।
शिशु चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।
मनकुमारीले काभ्रेकी एक महिलाको शिशु चोरेकी हुन्।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १७:१४