थापाथली अस्पतालबाट शिशु चोरी गरेकी महिलाविरुद्ध अपहरणको मुद्दा

काठमाडौं— थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ।
बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी अंगुर जिसीले बताए।
मानकुमारीले अपहरण तथा शरीर बन्धकको कसुर गरेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २१३ बमोजिम सजाय माग दाबी गरिएको छ।
फागुन ११ गते काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप छ। प्रहरीले सोही दिन राति काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो।
यो पनि पढ्नुहोस
कसरी चोरी भयो २६ दिनको शिशु?, संदिग्ध महिलाको खोजी सुरु
प्रसूति गृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा भेटिइन्, एक महिला पक्राउ
२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट]
शिशु चोर्ने महिलालाई उच्च रक्तश्राव, अस्पताल भर्ना
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १३:१३