जहाजभित्रै भेटियो बेवारिसे अवस्थामा एक किलो सुन बिहीबार, वैशाख ६, २०८१

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता बिहीबार, वैशाख ६, २०८१ पोखरा–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए। पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन्। हराएपछि मात्रै थाहा पाए।

सत्ता समीकरणमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने बिहीबार, वैशाख ६, २०८१ गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन्।

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु बिहीबार, वैशाख ६, २०८१ यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ।

माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बिहीबार, वैशाख ६, २०८१ सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ।
-1713438061.jpg)
उपनिर्वाचनः निष्फिक्री भोट माग्दै हर्क, रास्वपाका मन्त्रीद्वारा राज्यकोषको दुरुपयोग बिहीबार, वैशाख ६, २०८१ आगामी वैशाख १५ गते इलाम २ सहित बझाङ प्रदेश सभा १ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार प्रचारलाई तीव्रता दिएका छन्। उम्मेदवारहरू आश्वासनको पोको बोकेर मतदाताको घरदैलो धाइरहेका छन्। इलाम २ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन्। उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ...

पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र बिहीबार, वैशाख ६, २०८१ प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफूहरूको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन्। पत्रमा उनीहरूले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन्।
-1713442856.jpg)
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बिहीबार, वैशाख ६, २०८१ लुम्बिनी प्रदेश सभाका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्। लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक बिहीबार, वैशाख ६, २०८१ बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ। फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त बिहीबार, वैशाख ६, २०८१ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्। केहीबेरअघि दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मिँयाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। सोडारीले उनको दल एकीकृत समाजवादीसहित एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नवनियुक्त महालेखा परीक्षक रायले लिए शपथ बिहीबार, वैशाख ६, २०८१ नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घुस लिँदालिँदै पक्राउ बिहीबार, वैशाख ६, २०८१ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घुस लिँदालिँदै पक्राउ परेका छन्।
-1713440408.jpg)
मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ बिहीबार, वैशाख ६, २०८१ मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री र नेकपा एमालेकी सारथा थापा राज्यमन्त्रीमा नियुक्त भएका थिए।









