News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ। फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन्। 

Prabhu Bank

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ। 

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टारर फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको 'दान्भी’ भिड्दै छन् ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:०३
Weather Update