वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने बिहीबार, वैशाख ६, २०८१
-1713437358.jpg)
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस बिहीबार, वैशाख ६, २०८१ लामो रस्साकस्सीपछि सुदूरपश्चिमका मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन्। केहीबेरअघि सोडारीले उनको दल एकीकृत समाजवादी, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा प्रदेश प्रमुख नजिर मिँयासमक्ष दाबी पेस गरेका हुन्।

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट बिहीबार, वैशाख ६, २०८१ नयाँ वर्षको सुरुबाटै ओरालो लागेको शेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन। बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ बिन्दुमा बन्द भएको छ। कारोबार रकम पनि लगातार घटेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेस बिहीबार, वैशाख ६, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि संकल्प प्रस्ताव पेस गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले परिमार्जित संकल्प प्रस्ताव पेस गरेका हुन्।

लुम्बिनीमा मुख्यमन्त्री महराले गरे मन्त्रिपरिषद् विस्तार बिहीबार, वैशाख ६, २०८१ म्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना बिनाविभागीयमन्त्री नियुक्त गरेका हुन्।
-1713432522.jpg)
इलाम–२ मा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी बिहीबार, वैशाख ६, २०८१ आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ। बिहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन्।
-1713431120.jpg)
मोरङमा भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक बिहीबार, वैशाख ६, २०८१ बुधबार रामनवमीका अवसरमा सहभागी दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सामूहिक रुपमा हुने कुनै पनि गतिविधिमा रोक लगाएको छ। अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको हो।

एन्फा उपाध्यक्ष दावा लामा रिहा बिहीबार, वैशाख ६, २०८१ लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न रहेको मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन्।

महालेखा परीक्षकमा राय नियुक्त, राष्ट्रिय सभा सदस्यमा डा.शाक्य मनोनीत बिहीबार, वैशाख ६, २०८१ बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

अख्तियारद्धारा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, वैशाख ६, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ५ गतेसम्ममा १० जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ। मुगु खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख राजिव रिमालसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस सकारात्मक बिहीबार, वैशाख ६, २०८१ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सकारात्मक देखिएको छ। बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।

जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु बिहीबार, वैशाख ६, २०८१ धनुषाको जनकपुरमा जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ। बुधबार राति ८ बजेको समयमा जनकपुर उपमहानगरपालिका—१७ पुल्चोकस्थित एक पोखरीको डिलमा ती युवतीको शव जलेको अवस्थामा फेला परेको हो।

विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ बिहीबार, वैशाख ६, २०८१ ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्। विद्युत विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ।









