इजरायल र इरानबीच कसको सेना बलियो छ? बिहीबार, वैशाख ६, २०८१

सिटीलाई स्तब्ध पार्दै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा बिहीबार, वैशाख ६, २०८१ साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ।सिटीलाई गएराति पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो।

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै बिहीबार, वैशाख ६, २०८१ भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ। सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

कोशी प्रदेश सभा बैठक आज, मुख्यमन्त्री कार्कीले राजीनामा देलान्? बिहीबार, वैशाख ६, २०८१ कोशी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए।

दिल्लीसँग गुजरातको लज्जास्पद हार बिहीबार, वैशाख ६, २०८१ दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए। कप्तान रिऋभ पन्त १६ रन बनाए। गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए।

बागमतीसहित गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना बिहीबार, वैशाख ६, २०८१ देशका केही भूभागमा बिहीबार वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको...

सातदोबाटो–बालकुमारी सडक भोलिदेखि रातको समय बन्द हुने बुधबार, वैशाख ५, २०८१ ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरिने भएको हो। यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।

कोशीमा राजनीतिक अन्यौलता बढ्दै बुधबार, वैशाख ५, २०८१ कोशी प्रदेशमा राजनीतिक अन्यौलता बढिरहेको छ। मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्यौलताले निकास पाउने अहिलेसम्म देखिएको छैन।मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफूलाई हटाउने प्रावधान संविधानमै नभएको दाबी गर्दै आएका छन्। त्यस्तै अर्कोतर्फ एमाले र माओवादी...

इजरायल-हमास युद्धको प्रभाव गुगल अफिसमा, किन भइरहेको छ प्रदर्शन? बुधबार, वैशाख ५, २०८१ मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो। जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो। एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर छ। मंगलबार गुगल क्लाउडका सीईओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए। उनीहरूले लगातार आठ घण्टासम्म प्रदर्शन गरे।

सर्वोच्चको आदेश विपरित किन जाँदै छ गण्डकीमा एमाले? बुधबार, वैशाख ५, २०८१ गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ। उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

एकीकृत समाजवादीको महाधिवेशन सर्यो, असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने बुधबार, वैशाख ५, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ। बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

सामसङ ग्यालेक्सी एम१४ नेपाली बजारमा, मूल्य १७ हजार बुधबार, वैशाख ५, २०८१ नाइन्टी हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको आईपीएस डिस्प्ले,५० मेगापिक्सेल मुख्य सेन्सर सहितको ट्रिपल रियर क्यामरा सेटअप, थर्टीन मेगापिक्सेलको सेल्फी क्यामेरा, ५००० एमएएच ब्याट्री, क्वालकम स्न्यापड्रागन ६८० अक्टाकोर प्रोसेसर र अन्य आकर्षक सुविधा रहेको कम्पनीले जनाएको छ।

आत्मकथा बेचेर महावीर पुनले आर्जन गरे पाँच करोड रुपैयाँ बुधबार, वैशाख ५, २०८१ गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन्।









