News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट  

काठमाडौं— नयाँ वर्षको सुरुबाटै ओरालो लागेको शेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन। बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ बिन्दुमा बन्द भएको छ। कारोबार रकम पनि लगातार घटेको छ।
 
आज ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ। यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ बिन्दुमा रह्ँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो। 
 
सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो।
    
१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। 

लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उपसमूह अधिक घटेका छन्। 

Prabhu Bank

कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको शेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन्। २७ कम्पनीको शेयर मूल्य बढ्यो भने ६ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
 
त्यस्तै खानीखोला हाइड्रोपावर, पोखरा फाइनान्स, एनआइसी एसिया ग्रोथ फण्ड–२, मध्य भोटेकोसी जलविद्युत, पिपुल्स पावरलगायत बढेकाको सूचीमा छन्। सर्किटस्तरमा बढ्ने कम्पनी भने छैनन्।

सर्वाधिक कारोबार हुने शेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख र शिवम् सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।   

शेयर मूल्य घटेका कम्पनीमा रुरु जलविद्युत परियोजना यो साता दोस्रो पटक परेको छ। गोर्खाज फाइनान्सको पनि घटेको छ।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:४९
Weather Update