News Griha :: न्यूजगृह
सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा, काठमाडौंमा विरोध प्रदर्शन गर्दै
सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा, काठमाडौंमा विरोध प्रदर्शन गर्दै सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै छ। संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।
आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
दुवै सदनको बैठक आज,  नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
दुवै सदनको बैठक आज,  नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ। दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित...
एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका
एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सांस्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभाको किमाथाङ्काका सीमा जोडिएका नाका खुलेको बताए। चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउँदै जाने उनले बताए।
बालेनलाई सडक डिभिजनको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन
बालेनलाई सडक डिभिजनको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन सडक डिभिजन काठमाडौं अबेर राति विज्ञप्ति जारी गर्दै विवादको चुरो न्युरोड क्षेत्रमा बाटो साँघुरो बनाउने विषय रहेको बताएको छ। न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि बाटो बनाउन महानगरले सुरु गरेको छ। शनिबार दिउँसो १२ बजे बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक...
बालुवाटारमा शीर्ष नेताबीच जुटेन सहमति, भोलि बिहान प्रचण्ड, ओली र देउवाले छलफल गर्ने
बालुवाटारमा शीर्ष नेताबीच जुटेन सहमति, भोलि बिहान प्रचण्ड, ओली र देउवाले छलफल गर्ने सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न भेला भएका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकारात्मक भए पनि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुंगोमा पुगिने नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए।
सप्तरीबाट पेस्तोलसहित दुई जना पक्राउ
सप्तरीबाट पेस्तोलसहित दुई जना पक्राउ सप्तरीको खडक नगरपालिका-८ भदियाबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित शुक्रबार राति प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय विश्वेश्वरप्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।
संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिमरुप दिन शीर्ष नेताहरू बालुवाटारमा
संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिमरुप दिन शीर्ष नेताहरू बालुवाटारमा ‘पहिले यो यो सहकारीबाट रकम अपचलन भएको र यी–यी व्यक्तिले अपचलन भएको भनेर लेख्नुपर्छ भन्ने मागका साथ प्रमुख प्रतिपक्षी दलले विषय उठाउँदै आउनु भएको थियो,’ गिरीले भने, ‘यता व्यक्तिको नामभन्दा पनि संकटग्रस्त सहकारीबारे छानबिन समिति बनाउनुपर्छ भन्ने सत्तापक्षको भनाई थियो। आज हामी जुन–जुन सहकारीबाट रकम अपचलन भएको छ र जुन–जुन...
कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरूलाई ब्रिफिङ गरिने
कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरूलाई ब्रिफिङ गरिने सहकारीको रकम अपचनलबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। शनिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा सहमति नजिक पुगिएपनि टुंगोमा भने पुगिनसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए। 
सडक विभागको गेट मै काठमाडौं महानगरले थुपारिदियो धुलो [भिडिओसहित]
सडक विभागको गेट मै काठमाडौं महानगरले थुपारिदियो धुलो [भिडिओसहित] काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ।चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो।
हत्या अभियोगमा भोजपुर र पर्साबाट दुई जना पक्राउ
हत्या अभियोगमा भोजपुर र पर्साबाट दुई जना पक्राउ बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो। 
तिनाउ नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
तिनाउ नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
Weather Update