News Griha :: न्यूजगृह
एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका

सङ्खुवासभा — चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका शनिबारदेखि खुलेका छन्।

एक कार्यक्रमका बीच सङ्खुवासभाको किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो। कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन्।

नाका खुलेसँगै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले सङ्खुवासभाको किमाथाङ्का हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन्।

त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्ट्रमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनः सञ्चालन भएको घोषणा गरेका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए। 

narayankaji-shrestha-1716676079.jpg
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ


तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याएको बताए।

सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सांस्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभाको किमाथाङ्काका सीमा जोडिएका नाका खुलेको बताए। चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउँदै जाने उनले बताए।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०६:२२
Weather Update