News Griha :: न्यूजगृह
संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिमरूप दिन शीर्ष नेताहरूले छलफल गर्दै
फाइल तस्बिर।

काठमाडौं— संसदीय छानबिन समितिको कार्यादेश (टीआओर) मा सहमति जुटाउन आइतबार शीर्ष नेताहरूको बैठक बस्दैछ। बैठक बिहान ९ बजे बस्नेछ।

शनिबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेपछि साँझ बालुवाटारमा शीर्ष नेताहरूको बैठक डाकिएको थियो। बैठकमा कार्यदलका सदस्यहरूसमेत सहभागी थिए। उक्त बैठकमा अनौपचारिक छलफलमात्रै भएको थियो। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् सञ्चालनका निम्ति सकारात्मक देखिए पनि गृहमन्त्री रवि लामिछानेको नामबारे भने अडान दोहोर्‍याएको स्रोतले बताएको छ।

सत्तापक्षले भने रविको नामको विकल्पमा सहकारीको नाम र अपचलन भएको भनिएका गोरखा मिडियालगायत कम्पनीको नाम उल्लेख गर्ने प्रस्ताव गरेको छ। आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुनेछ। शीर्ष नेतृत्वबाटै टीआओरमा सहमति हुने नेताहरुले बताएका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:२०
Weather Update