News Griha :: न्यूजगृह
हत्या अभियोगमा भोजपुर र पर्साबाट दुई जना पक्राउ

काठमाडौं— भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो। 

त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भैंसी चराउने क्रममा विवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका हजराको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:२१
Weather Update