सप्तरीबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं— सप्तरीको खडक नगरपालिका-८ भदियाबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित शुक्रबार राति प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय विश्वेश्वरप्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ १९:५०













