भयानक गृहयुद्धमा फसेको म्यानमार, कस्तो छ अहिलेको अवस्था? सोमबार, जेठ २१, २०८१
-1715587166.jpg)
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सोमबार, जेठ २१, २०८१ कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए।

मिडिया टाइकुन ९३ वर्षीय मर्डकले गरे पाँचौं विवाह सोमबार, जेठ २१, २०८१ मिडिया टाइकुनको नामले चर्चित रूपर्ट मर्डकले पाँचौं विवाह गरेका छन्। उनले ६७ बर्षिया एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।९३ वर्षीय मर्डकले गत वर्षदेखि एलेनासँग डेटिङ गरिरहेका थिए। एलेना सेवानिवृत्त आणविक जीव वैज्ञानिक हुन्। उनको भने यो तेस्रो विवाह हो।

कुवेतका पूर्वप्रधानमन्त्री नयाँ युवराज घोषणा सोमबार, जेठ २१, २०८१ कुवेतका अमिरले नयाँ युवराजका रूपमा शेख सहाव खालिद अल–हमाद अल–सहावको नाम सार्वजनिक गरेका छन्। राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिबार उनले नयाँ युवराज घोषणा गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने सोमबार, जेठ २१, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची सोमबार, जेठ २१, २०८१ प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान सोमबार, जेठ २१, २०८१ जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सोमबार, जेठ २१, २०८१ लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना सोमबार, जेठ २१, २०८१ कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित सोमबार, जेठ २१, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेष्ट इन्डिजले विजयी सुरुआत गरेको छ। घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इन्डिजले विजयी सुरुआत गरेको हो।

पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो सोमबार, जेठ २१, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ आइतबार, जेठ २०, २०८१ गौरको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले बताइन्।

अभियन्ता तारा बराल पक्राउ आइतबार, जेठ २०, २०८१ बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा साइबर अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो।









