रेडिओ जनताको स्टेसन म्यानेजरमा खड्का सोमबार, जेठ २१, २०८१

रेल्वेले मुआब्जा नदिँदा बर्दिबासका १४ परिवारको बिचल्ली सोमबार, जेठ २१, २०८१ जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोमबार, जेठ २१, २०८१ ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

महानगर प्रहरीको अवरोधकाबीच न्युरोडको सडकमा गरियो कालोपत्र सोमबार, जेठ २१, २०८१ न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ। सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो।

सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा सोमबार, जेठ २१, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिएको लामो समय भए पनि अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। लामो रस्साकस्सीपछि सोडारीले गत जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पनि अझै सरकार विस्तार गर्न भने सकेका छैनन्। सरकारको प्रमुख घटक मानिएको नेकपा एमालेले सरकार गठनको वातावरण अझै नबनेको...

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ सोमबार, जेठ २१, २०८१ चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई सोमबार दिउँसो कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो।
-1717405839.jpg)
कोशीः प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णयबाट पछि हट्यो कांग्रेस सोमबार, जेठ २१, २०८१ यसअघि कोशी प्रदेश सभा बैठक बहिस्कार गर्दै आइरहेको नेपाली कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको छ। कोशी प्रदेश सरकारविरुद्ध पूर्व मुख्यमन्त्री कांग्रेसका केदार कार्कीले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन रहेको छ। कोशी प्रदेशसम्बन्धी विवादको रिट सर्वोच्चमा अन्तिम निर्णय नआएसम्म प्रदेश सभा बैठकमा सहभागि नहुने निर्णयबाट कांग्रेस पछि हटेको हो। आज बसेको...

सदनमा सरकारको ध्यानाकर्षणः लोडसेडिङदेखि गणतन्त्र स्तम्भ अवलोकन गर्न नपाएकोसम्म सोमबार, जेठ २१, २०८१ प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए।बैठकमा सांसद धवलशम्शेर जङ्गबहादुर राणाले अत्यधिक गर्मी बढेकै बेला विद्युत् कटौती हुँदा थप समस्या भएकाले नियमित विद्युत् आपूर्तिको व्यवस्था...

एउटै वनको निहुरोबाट वार्षिक ३ करोड आम्दानी सोमबार, जेठ २१, २०८१ तरकारीका रूपमा प्रयोग हुने निहुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निहुरो टिप्न व्यस्त छन्।वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयबासी निहुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए। उनी काठमाडौंलगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निहुरो बिक्री हुने...
बजेटमाथिको छलफलमा चित्रबहादुर केसी संसद्मै निदाएपछि... सोमबार, जेठ २१, २०८१ संसद्मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल जारी छ। जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथि आइतबारबाट सुरु भएको छलफल दोस्रो दिन आज पनि जारी छ।

अध्यागमनका कर्मचारीलाई किन गरियो छुट्टै पोसाकको व्यवस्था? सोमबार, जेठ २१, २०८१ अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ। यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो।

गाँजाको औषधि बेचेर २ खर्ब राजस्व उठाउन सकिने धनराजको दाबी सोमबार, जेठ २१, २०८१ नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गाँजालाई औषधिजन्य प्रयोगका लागि कानुन बनाए अघि बढ्न सकेमा २ खर्ब राजस्व वृद्धि हुने दाबी गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटबारेअ आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले गाँजा खेतीको सन्दर्भमा कानुन निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको...

संसद्मा संवैधानिक परिषद्सम्बन्धी विधेयकको प्रतिवेदन पेस सोमबार, जेठ २१, २०८१ प्रतिनिधिसभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ। सोमबार बसेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेस गरे।









