News Griha :: न्यूजगृह
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

मुद्दा दायर हुनेमा मेयर महर्जनसहित ४ कर्मचारी र ९  क्रसर सञ्चालकहरु रहेका छन्। 

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएर आर्थिक अनियमितता गरेको आरोप उनीहरुमाथि रहेको छ। अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा विशेष अदालतमा पेस गरेको हो। 

उनीहरुमाथि १ अर्ब ४ करोड बिगो मागदाबी गरिएको छ।  

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:०२
Weather Update