News Griha :: न्यूजगृह
चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ 
फाइल तस्बिर

काठमाडौं—चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। 

थापालाई सोमबार दिउँसो कमलपोखरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ मा आपराधिक विश्वासघात आरोपमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उनीविरुद्ध उजुरी दिएका थिए। 

उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुँदैछ। सोही क्रममा उनलाई पक्राउ गरिएको हो। 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:१३
Weather Update