काठमाडौं— संसद्मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल जारी छ।
जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथि आइतबारबाट सुरु भएको छलफल दोस्रो दिन आज पनि जारी छ।
आजको छलफलका क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा कुनै उत्साह नरहेको टिप्पणी गरेका छन्।
उनले छलफलमा भाग लिँदै बजेटबारे सांसदहरुको कुरा सुन्दा आफू वाक्क लागेर एकछिन संसद्मै निदाएको भन्दै व्यंग्य गरे।
‘छलफलको कुरा सुन्दा वाक्क लागेर म एकछिन संसद्मै निदाए, रमाइलो छैन। दिक्क लाग्दो कुरा आए,’ केसीले भने।
त्यस्तै संघीयताका कारण नेपाली जनतामाथि भार परेको बताए। साथै वैदशिक ऋण लिएर संघीय संरचना चलाउन नसकिने भन्दै त्यसको खारेजीको माग आफूहरुले पहिल्यैदेखि गरिरहेको बताए।
‘संघीयताका कारण साधारण खर्च बढ्यो जसले गर्दा नेपाली जनतामाथि भार प¥यो,’ उनले भने, ‘वैदेशिक ऋण लिएर संघीय संरचना चलाउन सकिँदैन भनेर हामीहरूले खारेजीको कुरा गरेका हौं।’