अभियन्ता तारा बराल पक्राउ

काठमाडौं— प्रहरीले अभियन्ता तारा बराललाई पक्राउ गरेको छ।
बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा साइबर अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो।
ब्युरो प्रमुख डीआईजी नबिन्द अर्यालले पीडितको उजुरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।
उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ २१:०७













