केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण आइतबार, जेठ २०, २०८१

विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा, अञ्जन परेनन्, घलानको पुनरागमन आइतबार, जेठ २०, २०८१ यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन्। त्यस्तै इन्जुरीका कारण अञ्जन विष्ट भने टिममा छैनन्।

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर आइतबार, जेठ २०, २०८१ सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको छ।सावित्रीलाई विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिर १२ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो।

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा आइतबार, जेठ २०, २०८१ मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

दीक्षित परिवारमाथि राजस्वको मुद्दा नचल्ने, जफत भएको जग्गा फिर्ता आइतबार, जेठ २०, २०८१ अर्धन्यायिक निकायका हैसियतले स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन गर्ने जिम्मेवारी छाडेर अख्तियारको ठाडो निर्देशनलाई मात्रै दृष्टिगत गरी भूमिसुधार अधिकारीले फैसला गरेको स्पष्ट देखिएको भन्दै उच्च अदालतले त्यसबाट कानुनी शासन उल्लंघन भएको ठहर्याएको थियो ।

अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता आइतबार, जेठ २०, २०८१ २५ वर्षीय एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)मा जुन ३० मा सम्झौता सकिँदै छ। त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन्। रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन्।

पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको फैसला साउनमा आइतबार, जेठ २०, २०८१ सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ मा फैसला सुनाउने भएको छ ।

चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते आइतबार, जेठ २०, २०८१ पर्यटक बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका– १२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो।

भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत आइतबार, जेठ २०, २०८१ भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ। अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ। त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ।
-1714474494.jpg)
स्रोत नखुलेको ७२ लाखसहित खाजा घरबाट २ जना पक्राउ आइतबार, जेठ २०, २०८१ प्रहरीले स्रोत नखुलेको ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ।

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित आइतबार, जेठ २०, २०८१ हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा कारण देखाउ आदेश जारी, छलफलका लागि बोलाइयो आइतबार, जेठ २०, २०८१ सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको हो।
-1716969982.jpg)
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक आइतबार, जेठ २०, २०८१ सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयमा रोक लगाएको छ। आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले गृहमन्त्री लामिछानेको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो।









