News Griha :: न्यूजगृह
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक 
फाइल तस्बिर

काठमाडौं— सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयमा रोक लगाएको छ। 

आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो। 

गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने र मापसे लगायत सवारी कारबाहीमा परेकाहरुले सडकमा ड्युटी गर्न निर्देशन दिएका थिए। 

उक्त निर्णयकोविरुद्ध शुक्रबार कृष्ण विक, रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेस पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले रिट दायर गरेका हुन्।  

गृहमन्त्री लामिछानेले कानुन विपरित सवारी चालकहरुलाई सडकमा उभ्याइएको भन्दै सडकदेखि सदनसम्म विरोध भइरहेको थियो। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:१७
Weather Update