News Griha :: न्यूजगृह
भारतको अरुणाचल र सिक्किम विधानसभामा एनडीएलाई फराकिलो बहुमत

काठमाडौं— भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ।

अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ। त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ। 

२०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने। कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए।

यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट जितेको थियो भने भाजपाले ११ सिट मात्र जितेको थियो। अरुणाचलको पिपल्स पार्टी (पीपीए) ले ५ सिट जितेको थियो। तर राज्यमा राजनीतिक उथलपुथल भएपछि जुलाई २०१६ मा पेमा खाण्डु पहिलो पटक राज्यको मुख्यमन्त्री बनेका थिए।

अरुणाचल प्रदेशमा भाजपाले यसअघि नै १० सिट निर्विरोध जितेको छ। अरुणाचल प्रदेशमा कुनै प्रमुख क्षेत्रीय राजनीतिक दलहरू छैनन्। यहाँ बीजेपी र कांग्रेस दुई ठूला पार्टी हुन् र उनीहरूबीच लडाइ छ। यद्यपि, बीजेपीले राज्यका सबै ६० सिटमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १९ सिटमा मात्रै उम्मेदवार खडा गरेको थियो। 

त्यस्तै सिक्किममा २०१९ को विधानसभा चुनावमा एसकेएमका प्रेम सिंह तामाङको नेतृत्वमा सरकार गठन भयो। एसकेएमले १७ सीट जिटेको थियो र प्रेम सिंह मुख्यमन्त्री बने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:११
Weather Update