News Griha :: न्यूजगृह
बढ्न थाल्यो डेंगु संक्रमण, सचेत रहन काठमाडौं महानगरको आग्रह  
बढ्न थाल्यो डेंगु संक्रमण, सचेत रहन काठमाडौं महानगरको आग्रह   गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगु संक्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले कामपाले डेंगु संक्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो।
कांग्रेसको आक्रोशः गृहमन्त्रीको गैर जिम्मेवारीपनको हिसाबकिताब प्रधानमन्त्रीसँग हुन्छ
कांग्रेसको आक्रोशः गृहमन्त्रीको गैर जिम्मेवारीपनको हिसाबकिताब प्रधानमन्त्रीसँग हुन्छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय ‘डाइभर्ट’ गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले  सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन समेत आग्रह गरेका छन्। 
दाङमा प्रहरी र गुठी पीडितबीच झडप, ४ जना घाइते  
दाङमा प्रहरी र गुठी पीडितबीच झडप, ४ जना घाइते   दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। किसानहरुले आफूहरुको माग पूरा नभएको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिती सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तुलबहादुर विकले न्यूजगृहलाई जानकारी दिए। 
पहिरोमा पुरियो स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल
पहिरोमा पुरियो स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन्। शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले  भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन्। 
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ। 
गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीश श्रेष्ठको इजलासमा 
गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीश श्रेष्ठको इजलासमा  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको पेसी तोकिएको छ। यसअघि पेसी तोकिए पनि सुनुवाइ नभइ स्थगित भएको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो।
रविप्रति रामहरिको कटाक्षः गृहमन्त्रालय चलाउन मिडिया चलाएजस्तो सजिलो नसोच्नुस्
रविप्रति रामहरिको कटाक्षः गृहमन्त्रालय चलाउन मिडिया चलाएजस्तो सजिलो नसोच्नुस् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति कटाक्ष गरेका छन्। गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने र मापसे लगायत अन्य ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा खटाइने निर्णय गरेका थिए।  
उड्ने अन्तिम तयारीमा रहेको श्री एअरको विमानमा समस्या 
उड्ने अन्तिम तयारीमा रहेको श्री एअरको विमानमा समस्या  काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।  ‘धावनमार्गमा गुडिसकेको विमान ‘नेल पोलिस’को गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो,’ विमानमा यात्रा गर्न लागेकी मञ्जु शाहीले भनिन्, ‘नेल पोलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।’ 
शुक्रबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज के भयो? 
शुक्रबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज के भयो?  साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। गत कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
सेती लोकमार्गको काम अन्तिम चरणमा 
सेती लोकमार्गको काम अन्तिम चरणमा  सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। 
यार्सा संकलनः मुगुमा चार जनाको मृत्यु, एक सिकिस्त
यार्सा संकलनः मुगुमा चार जनाको मृत्यु, एक सिकिस्त बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको हो।
महाधिवेशनको अन्तिम तयारीमा जुट्यो एकीकृत समाजवादी 
महाधिवेशनको अन्तिम तयारीमा जुट्यो एकीकृत समाजवादी  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ। महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन्। 
Weather Update