News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीश श्रेष्ठको इजलासमा 
फाइल तस्बिर

काठमाडौं—उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको पेसी तोकिएको छ। 

यसअघि पेसी तोकिए पनि सुनुवाइ नभइ स्थगित भएको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो।

गत जेठ १४ गते सोमबार अधिवक्ता अनुपम भट्राईले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको र पदमा बस्दा छानबिन प्रभावित हुन हुने भन्दै पदमुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए। 

त्यस्तै उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध कहि पनि उजुरी नपरेको भन्दै ‘क्लिनचिट’ पत्र सार्वजनिक गर्ने महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाएका छन्। 

यसअघि बुधबार र बिहीबारका लागि न्यायाधिश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिए पनि स्थगित भएको थियो। 

सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर आवाज उठाउँदै आइरहेको थियो। कांग्रेसले सहकारी प्रकरणले निरन्तर संसद्मा अवरोध गरेपछि सरकारले त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:४६
Weather Update