उड्ने अन्तिम तयारीमा रहेको श्री एअरको विमानमा समस्या

काठमाडौं— काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।
‘धावनमार्गमा गुडिसकेको विमान ‘नेल पोलिस’को गन्ध आएपछि पार्किङ वेमा ल्याइयो,’ विमानमा यात्रा गर्न लागेकी मञ्जु शाहीले भनिन्, ‘नेल पोलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।’
यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ। विमानको ८ः२५ बजेको उडान तालिका थियो।
विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ ११:०६













