काठमाडौं— मिडिया टाइकुनको नामले चर्चित रूपर्ट मर्डकले पाँचौं विवाह गरेका छन्। उनले ६७ बर्षिया एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।
९३ वर्षीय मर्डकले गत वर्षदेखि एलेनासँग डेटिङ गरिरहेका थिए। एलेना सेवानिवृत्त आणविक जीव वैज्ञानिक हुन्। उनको भने यो तेस्रो विवाह हो।
मर्डकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए। एलेनासँग आफ्नो नाम जोडिएपछि उनले चौथी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए।
अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डक लामो समयदेखि मिडिया व्यवसायमा जोडिएका छन्। उनको अमेरिकामा फक्स न्यूज र न्यूज कर्पमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकाशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड, सन द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर्स कम्पनी हार्पर कोलिन्स लगायतका मिडिया सञ्चालनमा रहेका छन्। उनले गत वर्ष मात्र न्यूज कर्पको अध्यक्षबाट राजीनामा दिएका थिए ।
उनको मोडल जेरी हलसँगको चौथो विवाह ६ वर्षपछि २०२२ मा टुङ्गिएको थियो। उनले आफ्नो पहिलो पत्नी एअर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गरेका थिए, जससँग उनको जेठो छोरा प्रुडेन्स छन्। १९६७ मा, उनले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गरे। उनीसँग तीन छोरा छोरी भएका थिए। उनको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो।
मर्डकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गरेका थिए। मर्डक र डेङसँग दुई सन्तान छन्। यो जोडी सन् २०१३ मा अलग भएको थियो।