News Griha :: न्यूजगृह
नेसपाको दाबीः ‘गण्डकीमा फ्लोर क्रस गरेका होइनौँ, संविधानसम्मत नै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौँ’
नेसपाको दाबीः ‘गण्डकीमा फ्लोर क्रस गरेका होइनौँ, संविधानसम्मत नै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौँ’ नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेश सरकारलाई कानुन बमोजिम नै विश्वासको मत दिएको बताएको छ। केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधानसम्मत भएको बताएका हुन्। 
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले कारबाही गर्ने
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले कारबाही गर्ने पार्टीले ह्वीप जारी गरिसकेको अवस्थामा उनले फ्लोर क्रस गरेकाले स्वाभाविकरूपमा कारबाही हुने उनको भनाइ छ।दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग देवकोटाले संविधान र कानुनको मर्मविपरीत फ्लोर क्रस गरेको बताए।
राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो: प्रधानमन्त्री
राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो: प्रधानमन्त्री ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो। र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो। मैले धन्यवाद पनि भनेर आएको छु। यो त्यही बेला पर्नु संयोग हो। त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो,’ उनले भने।
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वः नियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो। 
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम?  
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम?   महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ। वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ।
जेठ ३१ देखि मेलम्चीको पानी नआउने
जेठ ३१ देखि मेलम्चीको पानी नआउने जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ। जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।जेठ ३१ गते नै नेपालमा मनसुन सक्रिय हुँदै छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु...
इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य गान्ट्जले दिए राजीनामा
इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य गान्ट्जले दिए राजीनामा यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ।  गान्ट्जले आइतबार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए। 
महोत्तरीमा ३० वर्षीय युवकमाथि गोली प्रहार
महोत्तरीमा ३० वर्षीय युवकमाथि गोली प्रहार महोत्तरीमा एक युवकमाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि स्थानीय मरहा खोलामा गोली प्रहार भएको हो।
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भनी झुट्टा आश्‍वासन दिलाइ पटकपटक गरी उक्त रकम ठगी गरेको आरोप छ।
भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड
भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरे।
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फीक्की)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।प्रधानमन्त्री बसेको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फीक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । 
गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, यी हुन् सम्भावित मन्त्री 
गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, यी हुन् सम्भावित मन्त्री  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणीन्द्र देवकोटा, दीपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन्।पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए। उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन्।
Weather Update