सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि मंगलबार, जेठ २९, २०८१

टी२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै मंगलबार, जेठ २९, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ। आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ।

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै मंगलबार, जेठ २९, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दैछन्।सोमबार आफूलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई समेटेर उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनीहरूको शपथ आजै हुनेछ। बिहान ११ बजेपछि शपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

कपिलवस्तुमा बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु, ८ घाइते मंगलबार, जेठ २९, २०८१ कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु भएको छ।मंगलबार बिहान साढे ५ बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिँएका थिए।

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो वार्ता समिति मंगलबार, जेठ २९, २०८१ कोशी प्रदेश सकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय समिति गठन गरेको हो।समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य छन्। समितिमा आन्तरिक मामिला तथा कानुन...
![अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/dollor-1697506427.jpeg)
अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो [सूचीसहित] मंगलबार, जेठ २९, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि घटबढ नभएको अमेरिकी डलरको मूल्य आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा...

आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला मंगलबार, जेठ २९, २०८१ ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ। पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ। मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ।

पूर्वी अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता मंगलबार, जेठ २९, २०८१ मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन्।

शोभा पाठक ५ दिन थुनामा रहने मंगलबार, जेठ २९, २०८१ साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ।

फिफा विश्वकप छनोटः यमनविरुद्ध मैदान उत्रँदै नेपाल, सुखद अन्त्य गर्ला? मंगलबार, जेठ २९, २०८१ नेपाली राष्ट्रिय फुटबल टोली यमनविरुद्ध सुखद नतिजा निकाल्दै फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटको अन्त्य गर्ने आशामा छ।छनोटको अन्तिम खेलमा मंगलबार राति नेपाल र यमन भिड्दैछन्। यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, जेठ २९, २०८१ आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै मंगलबार, जेठ २९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
-1717484658.jpg)
यी तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा मंगलबार, जेठ २९, २०८१ कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।









