News Griha :: न्यूजगृह
कपिलवस्तुमा बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु, ८ घाइते 

कपिलवस्तु— कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप गाडी ठोकिँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ५ बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिँएका थिए।

घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले बताए। घटनामा ८ जना घाइते छन्। 

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०८:४९
Weather Update