News Griha :: न्यूजगृह
अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र कुवेत दिनारको मूल्य बढ्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरूको मूल्य घटेको छ।  

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि घटबढ नभएको अमेरिकी डलरको मूल्य आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९७ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा थियो।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.32133.92

EUR (European Euro)

1143.27143.91

GBP (UK Pound Sterling)

1169.42170.19

CHF (Swiss Franc)

1148.68149.35

AUD (Australian Dollar)

187.8888.27

CAD (Canadian Dollar)

196.8397.26

SGD (Singapore Dollar)

198.5298.96

JPY (Japanese Yen)

108.508.54

CNY (Chinese Yuan)

118.3918.48

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5636.73

THB (Thai Baht)

13.623.64

AED (UAE Dirham)

136.3036.46

MYR (Malaysian Ringgit)

128.2428.37

KRW (South Korean Won)

1009.699.73

SEK (Swedish Kroner)

112.6312.69

DKK (Danish Kroner)

119.2119.29

HKD (Hong Kong Dollar)

117.0617.14

KWD (Kuwaity Dinar)

1434.55436.51

BHD (Bahrain Dinar)

1353.68355.27

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०८:२३
Weather Update