आगामी असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर मंगलबार, जेठ २९, २०८१

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न मंगलबार, जेठ २९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रघुजी पन्तले प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धीका बारेमा अखबारहरु नभएर संसद्मा आएर जानकारी दिनुपर्नेमा जोड दिए।
-1718083979.jpg)
दुर्गा प्रसाईंको मेडिकल कलेज ‘बीएण्डसी’ ले पायो सम्बन्धन मंगलबार, जेठ २९, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएको छ। आइतबार बसेको काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को ७१८औँ बैठकले बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
-1718082890.jpg)
झापामा बिकेन धान, किसान चिन्तित मंगलबार, जेठ २९, २०८१ गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए।

एकीकृत समाजवादीले थाल्यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल मंगलबार, जेठ २९, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजपादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ।

कालोसूचीमा राख्न सिफारिस निर्माण कम्पनीलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न मंगलबार, जेठ २९, २०८१ मकवानपुरको थाहा नगरपालिकामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यवसायीलाई उन्मुक्ति दिइएको भन्दै महालेखाले प्रश्न उठाएको छ।

यसरी हट्यो बर्दिवासको हात्तीलेटमा खानेपानी समस्या मंगलबार, जेठ २९, २०८१ महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको संकट झेल्नु नपर्ने भएको छ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम आज मंगलबार, जेठ २९, २०८१ नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।

सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला मंगलबार, जेठ २९, २०८१ काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ।

रौतहटमा ट्राफिक प्रहरीले १० दिनमै गर्यो ६ लाख बढी राजश्व संकलन मंगलबार, जेठ २९, २०८१ जेठ १७ देखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको सुरक्षा जाँचमा सवारी नियम उल्लंघन गर्ने ५३३ जना चालकलाई कारबाही गरी ६ लाख १४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए।

मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? मंगलबार, जेठ २९, २०८१ नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनले मन्त्रीको जिम्मेवारी समेत बाँडफाँड गरेका छन्।मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केही नेताहरूले महत्वपूर्ण जिम्मेवारी पाएका छन्। तर एनडीए गठबन्धनका बीजेपी बाहेकका अन्य दलका नेताहरूले भने महत्वपूर्ण मन्त्रालय पाएका छैनन्।

टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते मंगलबार, जेठ २९, २०८१ दुर्घटनामा सन्धिखर्क–८ कै ३३ वर्षीय रिसब केसी र अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते छन्। घाइतेमध्ये रिसबको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ।

सेनामा जागिर नभएकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने, दरखास्त पेस गर्न आह्वान मंगलबार, जेठ २९, २०८१ नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो।









