News Griha :: न्यूजगृह
मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? 

काठमाडौं— नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनले मन्त्रीको जिम्मेवारी समेत बाँडफाँड गरेका छन्।मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केही नेताहरूले महत्वपूर्ण जिम्मेवारी पाएका छन्। तर एनडीए गठबन्धनका बीजेपी बाहेकका अन्य दलका नेताहरूले भने महत्वपूर्ण मन्त्रालय पाएका छैनन्।

एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताले क्याबिनेट मन्त्री, ५ नेताले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन्। केही पुराना अनुहारलाई कायम राखेका छन् भने केही नयाँ अनुहारलाई पनि समावेश गरिएको छ।

योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा राखेको छ। तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेकुलर र जनता दल युनाइटेडलाई पनि मन्त्रिपरिषद्मा समावेश गरिएको छ ।

क्याबिनेट मन्त्रीहरू

१. राजनाथ सिंह— रक्षा
२. अमित शाह— गृह र सहयोग
३.  नितिन गडकरी— सडक यातायात र राजमार्ग
४.  जगत प्रकाश नड्डा— स्वास्थ्य, रसायन र उर्वरक
५. शिवराज सिंह चौहान— कृषि र ग्रामीण विकास
६. निर्मला सीतारमण— वित्त र कर्पोरेट मामिला
७. एस जयशंकर— विदेश
८. मनोहर लाल— आवास र शहरी मामिला र ऊर्जा
९. एचडी कुमार स्वामी— भारी उद्योग र इस्पात
१०. पीयूष गोयल— वाणिज्य र उद्योग 
११. धर्मेन्द्र प्रधान— शिक्षा
१२. जीतनराम मांझी— लघु, साना तथा मझौला उद्योग मन्त्रालय
१३. राजीव रञ्जन सिंह उर्फ ललन सिंह— पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध व्यवसाय
१४. सर्वानन्द सोनोवाल— बन्दरगाह, ढुवानी र जलमार्ग
१५. डा. वीरेन्द्र कुमार— सामाजिक न्याय र अधिकारिता
१६. किंजरापु राममोहन नायडू— उड्डयन
१७. प्रल्हाद जोशी— उपभोक्ता मामिला, खाद्य, सार्वजनिक वितरण, नयाँ र नवीकरणीय ऊर्जा
१८. जुआल ओराओं— आदिवासी मामिला
१९. गिरिराज सिंह— कपडा
२०. अश्विनी वैष्णव— रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि
२१. ज्योतिविद्या सिङ्घिया— सञ्चार, उत्तर पूर्व विकास 
२२. भूपेन्द्र यादव— वातावरण, वन र जलवायु परिवर्तन
२३. गजेन्द्र सिंह शेखावत— संस्कृति र पर्यटन
२४. अन्नपूर्ण देवी — महिला तथा बाल विकास
२५. किरेन रिजिजु— संसदीय मामिला र अल्पसंख्यक मामिला
२६. हरदीप सिंह पुरी— पेट्रोलियम र प्राकृतिक ग्यास
२७. मनसुख मण्डवीय— श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला
२८. जी किशन रेड्डी— कोइला र खनिज
२९. सीआर पाटिल— जल शक्ति 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:५१
Weather Update