रौतहटमा ट्राफिक प्रहरीले १० दिनमै गर्यो ६ लाख बढी राजश्व संकलन

रौतहट— जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।
जेठ १७ देखि २७ गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको सुरक्षा जाँचमा सवारी नियम उल्लंघन गर्ने ५३३ जना चालकलाई कारबाही गरी ६ लाख १४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए।
सदरमुकाम गौर, गरुडा , चन्द्रपुर, बागमती, कटहरियासँगै ग्रामीण क्षेत्रमासमेत ट्राफिक प्रहरी परिचालन गरिएको थियो।
नियम विपरीत सवारी चलाउने धनीलाई कारबाहीको दायरामा ल्याइएको इन्स्पेक्टर आचार्यले बताए।
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१ १०:००













