News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको मेडिकल कलेज ‘बीएण्डसी’ ले पायो सम्बन्धन  

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएको छ। 

आइतबार बसेको काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को ७१८औँ बैठकले बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।  

आवश्यक सरकारी मापदण्ड पूरा गरी भवन लगायत अन्य पूर्वाधार निर्माण गरे पनि उक्त मेडिकल कलेजले सम्बन्धन पाएको थिए। त्यसको विरुद्ध प्रसाईंले सर्वोच्चमा समेत रिट दायर गरेका थिए। २०८० चैत १२ गते सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको थियो।

‘सम्मानित सर्वोच्च अदालतको सोही परमादेश बमोजिम काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८१–०२–२७ मा बसेको ७१८ औं बैठकबाट भएको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ को पूर्ण पालनाका साथै चिकित्सा शिक्षाका काठमाडौ विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूमा चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई विद्यार्थी भर्ना गर्न पाउने गरी उक्त बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सो सम्बन्धन दिइएको छ,’ पत्रमा भनिएको छ।

त्यसो त २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो। यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:१८
Weather Update