News Griha :: न्यूजगृह
स्वास्थ्य कर्मचारी जुनसुकै बेला पनि कारबाहीमा पर्ने मन्त्री यादवको चेतावनी
स्वास्थ्य कर्मचारी जुनसुकै बेला पनि कारबाहीमा पर्ने मन्त्री यादवको चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारबाही अघि बढाउने चेतावनी दिएका छन्।
बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो झण्डै १२ खर्ब 
बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो झण्डै १२ खर्ब  चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब रेमिटेन्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
सम्पन्न भयो ढल्केबर–इनरुवा प्रसारण लाइन 
सम्पन्न भयो ढल्केबर–इनरुवा प्रसारण लाइन  नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। 
नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा रुपन्देही जिल्ला अदालतको मिसिल झिकाउन आदेश 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा रुपन्देही जिल्ला अदालतको मिसिल झिकाउन आदेश  सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा यसअघि रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश दिएको छ। आज उक्त रिटको पेसी सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो। उक्त रिटको सबै बहस सकिएपछि सर्वोच्च रुपन्देही जिल्ला...
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्री बनाएका छन्। त्यस्तै माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल...
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, विपक्षमा २८ मत 
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, विपक्षमा २८ मत  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन्। उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र...
गण्डकीमा फ्लोर क्रस, देवकोटाले दिए पाण्डेलाई मत
गण्डकीमा फ्लोर क्रस, देवकोटाले दिए पाण्डेलाई मत उनले फ्लोर क्रस गरेपछि केहीबेर प्रदेशसभामा एमाले र माओवादी सांसदले नाराबाजीसमेत गरे।
कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ  
कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ   परीक्षा अगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमहानगर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं महानगरपालिका–१६ बस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन्।
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिएकी शोभा पाठक पक्राउ
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिएकी शोभा पाठक पक्राउ सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पाठकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
शेयर बजारमा ८.९० अंकको बढोत्तरी, कति भयो कारोबार?
शेयर बजारमा ८.९० अंकको बढोत्तरी, कति भयो कारोबार? साताको दोस्रो दिन शेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ। सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ बिन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ। 
Weather Update