News Griha :: न्यूजगृह
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिएकी शोभा पाठक पक्राउ

काठमाडौं— प्रहरीले धादिङ घर भएकी शोभा पाठकलाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पाठकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन्।  बस्नेतविरुद्ध परेको उजुरी प्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:३४
Weather Update