News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
महेश बस्नेतविरुद्धको भ्रूण हत्या, बलात्कार र डाँका चोरीको उजुरी तामेलीमा

काठमाडौं— नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरी प्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ।

साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ। 

Prabhu Bank

पार्टीकै सङ्गठित ३१ वर्षीय महिलाले उनीविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाक मार्फत जाहेरी दर्ता गराएकी हुन्।  

मुलुकी अपराध संहिता, २०७४ अनुसार बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:३५
Weather Update