भारतका राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट सोमबार, जेठ २८, २०८१
-1718002791.jpg)
मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन सोमबार, जेठ २८, २०८१ हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिक टन स्याउ उत्पादन भएको छ। सो मध्ये १ सय ३५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ।

सरकारलाई जथाभाबी खर्च गर्ने छुट छैनः डा.महत सोमबार, जेठ २८, २०८१ पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सीमित आम्दानीबाट अनगिन्ती रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सीमित स्रोतबाट जनताको न्यूनतम र समयानुकुल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा किन गरिँदैछ बन्द? सोमबार, जेठ २८, २०८१ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुँदैछ। नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी गराएको हो।

गण्डकीमा राप्रपाले विश्वासको मत दिने, अब २ मतको खोजिमा मुख्यमन्त्री पाण्डे सोमबार, जेठ २८, २०८१ गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहे पनि अझै बहुमत पुग्ला या नपुग्ला अन्योलता कायमै छ। सर्वोच्चको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई बहुमतका लागि ३१ मत आवश्यक पर्छ। तर...

आज के भयो सुनचाँदीको मूल्य? सोमबार, जेठ २८, २०८१ सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ। आइतबार प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला मूल्य १ लाख ४१ हजार रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बेनी–जोमसोम सडक योजनाः ८ वर्षमा कति भयो काम? सोमबार, जेठ २८, २०८१ आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ।
-1717758427.jpg)
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै, पेसी तोकियो सोमबार, जेठ २८, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेमा रिटको पेसी तोकिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको को इजलासमा पेसी तोकिएको हो। गत जेठ २० गते आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश...

निर्मलाको न्यायको लागि आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध सोमबार, जेठ २८, २०८१ सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन्।

पारसको आरोप– क्यान र समग्र क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्यहरु लागेका छन् सोमबार, जेठ २८, २०८१ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पदाधिकारीसहित समग्र क्रिकेट जगतलाई नै बदनाम गराउन क्यानकै केही सदस्यहरु लागि परेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै पारसले कयौँ चुनौती र कठिनाइलाई चिर्दै क्यानले क्रिकेटको दिगो विकासमा लाग्दै गर्दा संघ भित्रकै सदस्यहरु आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउन लागेको आरोप...
-1717994950.jpg)
प्रेमी जाहिरसँग विवाह गर्दै सोनाक्षी सिन्हा सोमबार, जेठ २८, २०८१ बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन्। उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन्।

मह बेचेरै किसानले गरे एक करोड बढी आम्दानी सोमबार, जेठ २८, २०८१ भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख बढी भित्रिएको छ।

भारतमा तीर्थयात्री चढेको बसमा आतङ्कवादी समूहको आक्रमण, ९ जनाको मृत्यु सोमबार, जेठ २८, २०८१ पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णव देवी मन्दिर जाँदै गरेको बसमा आतङ्ककारीहरूले गोली हानेका थिए। ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाल्डोमा खसेको थियो।









