News Griha :: न्यूजगृह
भारतमा तीर्थयात्री चढेको बसमा आतङ्कवादी समूहको आक्रमण, ९ जनाको मृत्यु 

काठमाडौं— भारतमा तीर्थयात्री सवार बसमा आतङ्कवादी समूहले आक्रमण गरेको छ। आतङ्कवादी आक्रमणपछि दुर्घटना हुँदा तीन महिला सहित ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३३ जना घाइते छन्। 

भारतको जम्मु कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाल्डोमा खसेको थियो। बसमा रहेका ९ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णव देवी मन्दिर जाँदै गरेको बसमा आतङ्ककारीहरूले गोली हानेका थिए। ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाल्डोमा खसेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:०५
Weather Update