News Griha :: न्यूजगृह
गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै 

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

सोमबार आफूलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई समेटेर उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनीहरूको शपथ आजै हुनेछ। बिहान ११ बजेपछि शपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

माओवादीको चुनाव चिन्हबाट विजयी भएपनि फणीन्द्र देवकोटाले ह्वीप उलङ्घन गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए। देवकोटासँगै मनाङका स्वतन्त्र सांसद दीपक मनाङेले पनि पाण्डेलाई विश्वासको मत दिएका हुन्।

पाण्डेलाई राप्रपाका २ सांसदले समेत विश्वासको मत दिएका थिए। राप्रपालाईसमेत मन्त्रिपरिषद्मा समेट्ने तयारी मुख्यमन्त्री पाण्डेको छ।  

मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारीमा मुख्यमन्त्री पाण्डे छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०८:५८
Weather Update