News Griha :: न्यूजगृह
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

कास्की— नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ। 

थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भनी झुट्टा आश्‍वासन दिलाइ पटकपटक गरी उक्त रकम ठगी गरेको आरोप छ।

उनलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा महानगरपालिका-५ जिरोबाट पक्राउ गरेको हो। 

उनलाई ठगी, आपराधिक विश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:३०
Weather Update